जिउँदो सालक बोकेर हिँडेका सशस्त्रका प्रहरीसहित दुई पक्राउ | Khabarhub Khabarhub

जिउँदो सालक बोकेर हिँडेका सशस्त्रका प्रहरीसहित दुई पक्राउ


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – जिउँदो सालकसहित प्रहरीले आज एक सशस्त्र प्रहरीसहित दुई जनालाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ शितली गाउँपालिका–३ झार्लाङ्दी घर भई काठमाडौँ महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र सोही ठाउँमा घर भई काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर रहेको प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

सालक बोकेर हिँडिरहेको भन्ने सूचना आएपछि दिउँसो १ बजे महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले लोकन्थलीबाट पक्राउ गरी अनुसन्धान गर्दा भीमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचयपत्र बरामद भएको उनले जानकारी दिए ।

युरिया मलको ५० केजीको बोराभित्र प्लाइको बाकसमा जिउँदो सालक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ पारेका उनीहरुलाई थप अनुसन्धानका लागि सालकसहित जिल्ला वन कार्यालय भक्तपुरमा बुझाएको छ ।

उनीहरुको साथबाट विभिन्न बैंकका चेकबुक, एटिएम कार्ड, मोबाइललगायत विभिन्न सामग्रीहरु बरामद गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ३० बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार