नेपालबाट भारततर्फ डिजेल तस्करी | Khabarhub Khabarhub

नेपालबाट भारततर्फ डिजेल तस्करी


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी हुन थालेको पाइएको छ ।

विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेको खुलेको हो ।

नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो । हिजोआज नेपालको सिमावर्ती क्षेत्रका विभिन्न पेट्रोलपम्पमा डिजेल किन्नेको भीड लाग्ने गरेको छ ।

नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ८७ मा बिक्री भइरहेको छ । भारतीय बजारको तुलनामा नेपालमा डिजेल प्रतिलिटर रु १० सस्तो पर्छ । एउटा मोटरसाइकलमा चार वटासम्म ग्यालनमा डिजेल खरिद गरेर लुकिछिपी भारतीय बजारमा बेच्ने गरेको सूचना प्राप्त गरेपछि चोरी निकासी हुने स्थानमा प्रहरीले कडाइ गर्न थालेको छ

सोही सन्दर्भमा मोरङ प्रहरीले आज बिहान विराटनगर महानगरपालिका–११ स्थित केशलिया नहर छेउमा ४३० लिटर डिजेल बरामद गरेको छ । भन्सार छलेर डिजेल नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला सुनसरी हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय शत्रुधन साह, सोही ठाउँका ३० वर्षीया नजाम खान र ५० वर्षीय अकवाल मियाँलाई तीन वटा मोटरसाइकलसहित पक्राउ गरेको छ । रासस

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ५१ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश