निषेधाज्ञा तोडेर बर्दिवासमा प्रदर्शन, ढुंगा प्रहारबाट दुई प्रहरी घाइते    | Khabarhub Khabarhub

निषेधाज्ञा तोडेर बर्दिवासमा प्रदर्शन, ढुंगा प्रहारबाट दुई प्रहरी घाइते   


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- ६ वर्षीया एक बालिकाको बलात्कारपछि भएको भनिएको हत्याको विरोधमा तनाव चुलिएपछि जारी गरिएको निषेधाज्ञा अवज्ञा गर्दै बर्दिवासमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

प्रदर्शनकारीको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईँका अनुसार प्रहरी जवान अर्जुन प्रसाद बानियाँ र अर्का एक जवान घाइते भएका छन् । प्रदर्शनकारीले हानेको सिसाको बोतलले लागेर बाँनियाको चिउडोमा काटेको छ ।

निषेधाज्ञा अवज्ञा गर्दै प्रदर्शन र नाराबाजी भएपछि त्यसलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि प्रदर्शनकारीले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेको डीएसपी चापागाईँले बताए । प्रदर्शनकारीहरु अहिले पनि नाराबाजी गर्दै  सडकमा उत्रिएका छन् ।

आइतबार बेलुका हराएकी बर्दिवास नगरपालिका वडा नम्बर १४ शुभम बस्तीकी ६ वर्षीया बालिका गुलाबसाह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि स्थानीवासी प्रदर्शनमा उत्रिएका हुन् ।

मंगलबारदेखि जारी उनीहरूको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि घाइते भएका बर्दिवास नगरपालिका- १ का सञ्जय न्यौपानेको पनि मृत्यु भएपछि स्थानीयबासी अझ आक्रोशित बनेका छन् ।

न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, क्षतिपुर्ती दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन चर्काएपछि स्थानीय प्रशासनले बिहानदेखि निषेधाज्ञा जारी गरेको छ ।

बिहान ९ बजेदेखि बिहिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तर, स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।

प्रदर्शनकारीले पूर्वपश्चिम र बीपी राजमार्ग नै अवरूद्ध पारेका छन् । निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा बर्दिबासको पूर्व तथा पश्चिममै यातायातका साधनहरु रोकिएका छन् । सवारीसाधन नचलेपछि केही यात्रीहरु पैदल हिँड्न थालेका छन् ।

स्थिती नियन्त्रणबाहिर जान नदिन बर्दिबासको पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पाटोचोसम्म निषेधाज्ञा जारी गर्दै ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ०० बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा