बेपत्ता भनिएका डीएसपी युवतीसहित होटलबाट समातिए | Khabarhub Khabarhub

बेपत्ता भनिएका डीएसपी युवतीसहित होटलबाट समातिए


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कैलाली- बेपत्ता भएका भनिएका कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी एक होटलमा युवतीसँगै भेटिएका छन् ।

मंगलबार रातिबाट एकाएक सम्पर्कविहीन भएका डीएसपी भरतबहादुर चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलास्थित एक होटलमा युवतीसँग फेला परेका हुन् ।

युवतीसँग फेला परेका उनलाई अनुशासनको कारबाही गर्ने तयारी भएको स्रोतले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएका उनलाई खोज्न ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार भने डीएसपी चौधरी आज बिहान सम्पर्कमा आएपछि अनुसन्धान सुरू भएको जनाएका छन्

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ०४ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र