‘भाँडाकुटी’का लागि लोकेशन खोज्दै निर्माण टिम, बुटवल पुगे मुकुन र बेनिषा | Khabarhub Khabarhub

‘भाँडाकुटी’का लागि लोकेशन खोज्दै निर्माण टिम, बुटवल पुगे मुकुन र बेनिषा


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘भाँडाकुटी’ टिम लोकेसनका लागि बुटवल पुगेको छ । बुटवलको बेलवास आसपासका विभिन्न स्थानमा छायांकनका लागि लोकेसन हेरिएको निर्देशक किरण विकले जानकारी दिए ।

निर्देशक विकका अनुसार फिल्मले जातीय विभेदको कथालाई उठान गरेको छ । समीक्षा समेत गर्दै आएका विकले यो फिल्मको कथा बलियो भएको दाबी गरे ।

फिल्मको शीर्ष भूमिकामा मुकुन भुसाल र बेनिशा हमालको अभिनय रहनेछ । निर्देशक विकका अनुसार फिल्मको छायांकन माघ १५ गतेबाट थालिनेछ ।

‘हामीले कथाअनुसार लोकेसन खोजिरहेका छौं, तराईंको परिवेश चाहिएको हो, मेरो घर पनि बुटवल भएकाले यहाँ फिल्म छायांकन गर्न सहज हुने देखेर हामीले यहाँ लोकेसनको खोजी गरेका हौं,’ निर्देशक विकले भने ।

फिल्मको लोकेसन बुझेर निर्माण टिम काठमाडौं फर्किसकेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ५९ बजे

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित