पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी | Khabarhub Khabarhub

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्तराज्य अमेरिकाले पहिलो चरणमा ६४ लाख जनालाई कोरोना भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको छ ।

फाइजरले निर्माण गरेको कोभिड–१९को खोप स्वीकृति भएलगत्तै ६४ लाख जनालाई वितरण गर्ने तयारी भएको हो ।

अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)को एक कमिटीको आगामी डिसेम्बर १० बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ ।

संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको मृत्युको संख्या र नयाँ संक्रमितको संख्या बढेका कारण पनि खोपलाई आपतकालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरुले बताएका छन् ।

मंगलबार सार्वजनिक पछिल्लो तथ्याँकमा अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या २ लाख ६० हजार पुगिसकेको देखिएको छ ।

१ करोड २५ लाख मानिस संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा दुई हजार भन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने एक लाख ६७ हजार व्यक्तिमा संक्रमण देखिएको छ ।

अमेरिकी सरकारको ‘अपरेशन वार्प स्पीड’ का प्रमुख अपरेशन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा झण्डै खोपको ४ करोड डोज उपलब्ध भइसक्ने बताए ।

त्यस तथ्याँकमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ । गत साता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपतकालीन प्रयोगमा ल्याइने सम्भावनाका बारेमा छलफल भइरहेको पर्नाले बताए ।

फाइजरको खोप निकै चिसो अर्थात् माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ ।

पर्नाले सबै अमेरिकी राज्यहरुलाई जनसंख्याका आधारमा समानुपातिक रुपमा खोप वितरण गरिने पनि जानकारी दिए ।

संघीय सरकारले कसलाई प्राथमिकता दिनु पर्ने भन्ने बारेमा सिफारिशहरू गर्नेछन् जसमा सम्भवतः वृद्ध, उच्च जोखिम, र अग्रणी कामदारहरू रहनेछन् ।

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ३ : ५० बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट