साउदीमा कोभिड-१९ वेवास्ता गरे १ हजार रियाल जरिवाना | Khabarhub Khabarhub

साउदीमा कोभिड-१९ वेवास्ता गरे १ हजार रियाल जरिवाना


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरु रहेको साउदी अरबमा त्यहाँको आन्तरिक मन्त्रालयले मास्क नलगाउने जो कोहीलाई पनि जरिवाना हुने जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरस प्रतिरोधलाई बेवास्ता गर्दै सार्वजनिक वा सामाजिक दूरी कायम तथा मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गरिने जनाएको छ ।

जसले अनुहार मास्क लगाएको छैन । सामाजिक दूरी उपायहरू कायम राख्दैन । एक निजी वा सार्वजनिक ठाउँमा प्रवेश गर्दा तापक्रम जाँच गरेको छैन । यी प्रक्रिया पुरा नगर्ने जो कोहीलाई जरिवाना हुने मन्त्रालयले जनाएको छ ।तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि भए प्रवेश पाइने छैन ।

मन्त्रालयले सुरुमा मे महिनामा यस्तो चेतावनी जारी गरेको थियो तर कोरोना भाइरसको दोस्रो चरण सुरु भएकाले त्यो रोक्नको लागि यो निर्णय फेरि जारी गर्नु पारेको जनाएको छ ।

साउदी अरबमा अहिलेसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ४४ हजार १५८ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्य ३ लाख ३० हजार ५७८ पुगेको छ भने संक्रमणका कारण ५ हजार २ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

साउदी अरबले पहिले सङ्क्रमित नेपालीको सङ्ख्या उपलब्ध गराए पनि अहिले के कति नेपाली संक्रमित भए र कति को मृत्यु भयो भन्ने बारे त्यहाँस्थित नेपाली दूतावाससँग पनि आधिकारिक तथ्याङक छैन । कोरोना संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : ०० बजे

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को