अमेरिकामा ८८ लाखभन्दा बढीमा कोरोना संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा ८८ लाखभन्दा बढीमा कोरोना संक्रमण


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७९ हजार ४४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८८ लाख २७ हजार ९३२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ४१ हजार ६११ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २८ लाख ५६ हजार २५३ जनामध्ये १६ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३० हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ७८४ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ३० हजार ६८ पुगेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ८ : ४५ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)