लेवान्डोस्कीको ह्याट्रिकमा बार्यन म्युनिखको शानदार जित | Khabarhub Khabarhub

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यन म्युनिखको शानदार जित


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा शनिबार आइनट्राख्ट फ्रान्कफुर्टलाई ५-० गोल अन्तरले पराजित गर्दै साविक विजेता बायर्नले शानदार जित निकालेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । यस्तै लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे ।

फराकिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको २६औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

८१औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा बायर्न ३-० ले अघि रह्यो ।

घरेलु मैदानमा ह्याट्रिक पूरा गरेसँगै लेवान्डोस्कीले यस सिजन ५ खेलमा १० गोल पूरा गरेका छन् ।

खेलको ७३औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा जमलले गोल गर्दै बायर्नलाई ५-० को जित दिलाए । १७ वर्षीय जमलको यो सिनियर टिमका लागि पहिलो गोल हो ।

बायर्न ५ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । ८ अंक फ्रान्कफुर्ट ८ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ८ : ३५ बजे

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि