सडकको पहिरोबाट ट्याक्सी खस्दा एकको मृत्यु | Khabarhub Khabarhub

सडकको पहिरोबाट ट्याक्सी खस्दा एकको मृत्यु


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– फुर्केखोला–धादिङबेंसी सडकको पहिरोबाट ट्याक्सी खस्दा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सुत्केरीलाई लिएर धादिङबेंसी जाँदै गरेको बा १ज १२६२ नम्बरको ट्याक्सी कालुपाण्डे मार्गको सिद्धलेक–६ तिरतिरेधारा नजिकैको पहिरोबाट खस्दा सुत्केरीका आफन्तको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गंगाजमुना–३ की ५० वर्षीया बिन्दु तामाङ रहेकी छिन् । दुर्घटनामा सुत्केरीसहित अन्य ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ का अनुसार झण्डै १५० मिटर तल खसेर ट्याक्सी थोपलखोला खेतमा पुगेको छ । उक्त स्थानमा गत साउन ५ को अविरल वर्षाले पहिरो गएको थियो ।

एकतर्फी रुपमा सञ्चालन भैरहेको उक्त जोखिमपूर्ण स्थानमा पहिरो छिचोलेर सवारी चल्ने गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ३१ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र