म्यानचेस्टर सिटीको संघर्षपूर्ण जीत, बर्नमाउथ प्रतियोगिताबाट बाहिरियो | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जीत, बर्नमाउथ प्रतियोगिताबाट बाहिरियो


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्रिमिर लिग क्लब म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलमा संघर्षपूर्ण जीत हासिल गरेको छ । बिहीबार राति भएको खेलमा बर्नमाउथमाथि २–१ गोलको संघर्षपूर्ण जीत हात पारेको हो ।

खेलमा सिटीका लागि लिअम डेलेप र फिल फोडेनले एक एक गोल गरे । बर्नमाउथका लागि साम सुरेड्जले एक गोल फर्काए ।

१८ औं मिनेटमा डेलेपले गोल गर्दै सिटीलाई अग्रता दिलाएका उनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

डेलेपले गोल गरेको चार मिनेटमै बर्नमाउथका स्ट्राइकर सामले गोल गरेर खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने दुबै टोलीले गोलका लागि निकै नै संघर्ष गरे । खेलको ७५ औं मिनेटमा सिटीले गोल गर्दै पुनः खेलमा अग्रता लियो । सिटीका लागि फोडेनले गोल गर्दै २–१ को संघर्षपूर्ण जीत दिलाए ।

जीतसँगै सिटी काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ । बर्नमाउथ भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : १० बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री