कोरोना संक्रमित संख्या ३ करोड २४ लाख नाघ्यो, ९ लाख ८७ हजारले ज्यान गुमाए | Khabarhub Khabarhub

कोरोना संक्रमित संख्या ३ करोड २४ लाख नाघ्यो, ९ लाख ८७ हजारले ज्यान गुमाए


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ ।

वितेको २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् ।

त्यस्तै एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा २ करोड ३९ लाख १६ हजार ९४० जनाले कोरोना जितेका छन् ।

अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ७४ लाख ९७ हजार ५६० जनाको अवस्था सामान्य छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा एकैदिन ४५ हजार ३२८ जनामा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेको छ । एकैदिन ९४२ सहित मृतकको संख्या २ लाख ७ हजार ५३८ पुगेको छ ।

त्यस्तै दोस्रो स्थानको भारतमा एकैदिन ८५ हजार ९१९ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । अहलिेसम्म ९२ हजार ३१७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै तेस्रो धेरै संक्रमित भएको मुलुक ब्राजिलमा एकैदिन ३२ हजार १२९ संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ । १ लाख ३९ हजार ८३३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : १० बजे

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।