राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको ट्रम्पको दाबी | Khabarhub Khabarhub

राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको ट्रम्पको दाबी


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा घोषित राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको दाबी गरेका छन् ।

रिपब्लिकन दलको राष्ट्रिय भेलामा ट्रम्पले विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका हुन्।

दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै सम्बोधन गरेका ट्रम्पले हुलाकमार्फत् गरिने मतदान दुरुपयोग हुने दाबी गरेका छन् । तर, विपक्षीहरूले कसरी धाँधली गर्छन् भन्नेमा भने उनी स्वयम अनभिज्ञ देखिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा काम गर्न नसकेको भन्दै ट्रम्पको पछिल्लो समय चर्को आलोचना हुँदै आएको छ । यसैकारण उनको लोकप्रियता घटेको टिप्पणीहरू भइरहेका छन् । ताजा मत सर्वेक्षणहरूले समेत उनलाई पछाडी पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ५१ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।