नेसन्स कप फुटबलको तयारीमा पोर्चुगल, रोनाल्डोको नेतृत्वमा टिम घोषणा | Khabarhub Khabarhub

नेसन्स कप फुटबलको तयारीमा पोर्चुगल, रोनाल्डोको नेतृत्वमा टिम घोषणा


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूईएफए नेसन्स लिग फुटबलका लागि साविक विजेता पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डो रहेको टिम घोषणा गरेको छ ।

क्रोएसिया र स्विडेनसँग हुने खेलका लागि पोर्चुगलले सोमबार २५ सदस्यीय टिमको घोषणा गरेको हो ।

पोर्चुगलले दुई खेलमा ७ फरवार्डलाई टिममा राखेको छ । फरवार्डमा क्रिस्टियानो रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा,डिएगो जोटा, गोन्सालो गुइडेस, जोआ फेलिक्स र ट्रिनकाओ रहेका छन् ।

मिडफिल्डरमा ब्रुनो फर्नान्डेस, डानिलो पेरीरा, आन्द्रे गोमेस, रुबेन नेभेस,जोआ माउटिन्हो, रेनाटो सान्चेज र सेर्गियो ओलिभिरा रहेका छन् ।

पोर्चुगलले घोषणा गरेको टिमको डिफेन्डरमा पेपे, जोआ कान्सेलो, नेल्सन सेमिडो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो छन् ।

गोलकिपरमा एन्थोनी लोपेज, रुइ प्याट्रीसिओ र रुइ सिल्भा रहेका छन् ।

पोर्चुगलले पहिलो खेलमा क्रोएसियासँग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै सेप्टेम्बर ९ मा स्वीडेनको सामना गर्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : २२ बजे

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना