पूर्वमन्त्री जोशीलगायत तीन जना कांग्रेसबाट निस्काशित | Khabarhub Khabarhub

पूर्वमन्त्री जोशीलगायत तीन जना कांग्रेसबाट निस्काशित


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना पार्टीबाट निस्काशित भएका छन्।

नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो।

जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ। यस अघि उनीहरुसँग स्पष्टिकरण सोधिएको थियो।

३ दिनको म्याद राखि अन्तिम पटक सोधिएको स्पष्टिकरण पनि चित्तवुझ्दो नभएको अनुशासन समितिले जनाएको छ।

जोशीले गत निर्वाचनमा तनहुँबाट वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए।

यस्तै पूर्वमन्त्री ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरिएको छ। यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ।

पार्टीले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : १९ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले