सुनसरीको इनरुवामा पुनः लकडाउन | Khabarhub Khabarhub

सुनसरीको इनरुवामा पुनः लकडाउन


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सरकारले लकडाउन खुला गरेपनि सुनसरीको इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य संघ इनरुवासहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय गरेको संघका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।

पीसीआर परीक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै इनरुवामा पूर्णरूपले लकडाउन गरिएको हो ।

शुक्रबार साँझ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागू हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लकडाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

लकडाउनका कारणले इनरुवा बजार सुनसान देखिएको छ । इनरुवा–३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्टयाक्टको अवस्था पहिचान गर्न थालिएको छ ।

परिवारसहित १२ जनाको ट्रेसिङ गरिएको र ट्रेसिङमा आएकाको स्वाब लिएर परीक्षण गरेको छ । विराटनगरमा गरिएको परीक्षणका क्रममा इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण देखापरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र