पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालन | Khabarhub Khabarhub

पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालन


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वर्षा कम भएसँग ठाउँठाउँका पहिरो आंशिकरूपमा हटाइएपछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ खण्डमा नयाँ पहिरो नखसेको तथा ठाउँठाउँको पहिरो पनि आंशिकरूपमा हटाइएपछि सडकमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन् ।

बाँकी रहेको पहिरो हटाउने काम जारी रहेको कार्यालयका सूचना अधिकारी ई.शिव खनालले जानकारी दिए ।

यस्तै मौवा खेलाको पुल जोड्ने बाटो खोलाले बगाएपछि अवरुद्ध भएको मुग्लिन–मलेखु–नागढुंगा खण्डमा पनि अहिले साना सवारी साधन एकतर्फी रुपमा सञ्चालनमा रहेको उनले बताए ।

साना सवारी साधनका लागि शुक्रबार बेलुकादेखि नै एकतर्फी बाटो खुला भएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : ०१ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले