महिला विश्वकप फुटबल-०२३ अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने | Khabarhub Khabarhub

महिला विश्वकप फुटबल-०२३ अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा महिला विश्वकप २०२३ अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

फिफा काउन्सिलको बिहीबार बसेको बैठकले सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्यूजिल्याण्डलाई आयोजनाको जिम्मा दिएको हो ।

न्यूजिल्याण्ड र अस्ट्रेलिया फुटबल संघहरुले संयुक्त आयोजनाका लागि फिफा सामु प्रस्ताव गरेका थिए । काउन्सिलका ३५ भोटरको निर्णयक भोटमार्फत् आयोजकको टुङ्गो लगाइएको थियो ।

अस्ट्रेलिया र न्यूजिल्याण्डको पक्षमा ३५ मध्ये २२ भोट परेका थिए । कोलम्बिया फुटबल संघले १३ भोट पाएको थियो ।

विश्वकप आयोजनाको जिम्मा अस्ट्रेलिया र न्यूजिल्याण्डले पाएको फिफा अध्यक्ष गियनी इन्फान्टिनोले सार्वजनिक गरेका थिए ।

फिफाले २०२३ को विश्वकपमा ३२ टिम सहभागी गराउने निर्णय गरेको छ । फिफा विश्वकप २०१९ फ्रान्सले आयोजना गरेको थियो । जसमा अमेरिका महिला टोली विजयी भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : २४ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा