अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन सवारी व्यवसायीकाे माग | Khabarhub Khabarhub

अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन सवारी व्यवसायीकाे माग


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सवारी व्यवसायीले अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन माग गरेका छन्।

नाडा अटोमोबाइल संघ नेपालका प्रतिनिधिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सवारी व्यवसायमैत्री मौद्रिक नीति ल्याउन माग गरेका हुन् ।

उनीहरूले राष्ट्रलाई आर्थिक समुन्नत र समृद्ध बनाउन सवारीसाधनको व्यापार अपरिहार्य रहेको बताए।

आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले नेपालको समग्र अटोमोबाइल व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुनर्विचार गरी ९० प्रतिशत पुर्‍याउन माग गरेको संघले जनाएको छ।

भेटमा गभर्नर अधिकारीले अटोमोबाइल व्यवसायीलाई राहात महसुस हुने गरी मौद्रिक नीति ल्याउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : २२ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११