टोखाको बजेट एक अर्ब ५८ करोड ४१ लाख | Khabarhub Khabarhub

टोखाको बजेट एक अर्ब ५८ करोड ४१ लाख


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लख ७७ हजारको बजेट प्रस्तुत गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधबारको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ रु एक अर्ब ४४ करोड र कार्यालय सञ्चालनको लागि रु १४ करोड १५ लाख रहेको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । टोखाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो ।

टोखाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यका लागि रु तीन करोड, शिक्षाका लागि रु एक करोड ६० लाख, कृषिलाई रु ५० लाख, महिला विकासका लागि रु ३० लाख, पशुसेवाका लागि रु ३० लाख, सहकारीका लागि रु ३० लाख रहेको छ । यस्तै, टोखाले चालु नगरका विकासका आयोजनाका लागि रु दुई करोड २५ लाख विनियोजन गरेको छ ।

बुधबारको नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ६ : ३९ बजे

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै