बर्दियाको बाख्रा फार्ममा आगलागी, १२८ बाख्रा जले | Khabarhub Khabarhub

बर्दियाको बाख्रा फार्ममा आगलागी, १२८ बाख्रा जले


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दियाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् ।

आगलागीबाट ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताए । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् ।

विद्युत लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर खड्काले बताए । करीब तीन घण्टाको प्रयासमा प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ९ : ५८ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि