संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट नेगेटिभ


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा गत बिहीबार (जेठ ७ गते) भक्तपुर नगरपालिका वडा नं. ५ का कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

४२ वर्षीय संक्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्राक्ट ट्रेसिङको आधारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनीहरु १२ जनाकै रिपोर्टमा कोरोना नदेखिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए । कोरोना संक्रमित पुरुषको काठमाडौँको बलम्वुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार भइरहको छ ।

त्यसैगरी कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको शव व्यवस्थपनमा खटिएका भक्तपुरका दुई युवकमा पनि कोराना देखिएन । भक्तपुरका अरुण सैँजु र राजेश गाइजुको कोरोना रिपार्ट नेगेटिभ आएको एसपी प्रधानले जनाकारी दिए ।

उनीहरुलाइ अहिले सुर्यविनायकस्थित वीरदल गणको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुले धुलिखेल अस्पतालबाट कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको लास पशुपतिस्थित आर्यघाटमा लगेर व्यवस्थापन गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ११ : ४६ बजे

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।