पहिलो पटक मस्जिद सुनसान | Khabarhub Khabarhub

पहिलो पटक मस्जिद सुनसान


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- मुस्लिम धर्मावलम्बीको महान चाड इद उल–फित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो ।

सो दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य हुन्थे तर यस वर्षको इद उल–फित्रको अवसरमा मुस्लिम धर्मावलम्बी मस्जिदमा भेला हुँदैनन्, उनीहरुले घरघरमै इद उल–फित्र मनाउने तयारी गरेका छन् ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू गरिएपछि मस्जिद विगत दुई महिनादेखि बन्द छ । कोरोनाका त्रासका कारण यस वर्षको इद उल–फित्रको विशेष कार्यक्रम मस्जिदमा स्थगित गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए।

‘यस पर्वको अवसरमा आज मस्जिदमा विशेष कार्यक्रम हुन्थ्यो तर यो वर्ष कोरोनाका कारण मस्जिदमा कार्यक्रम हुने छैन’, अहमदले भने । उनका अनुसार विगत दुई महिनादेखि नै मुस्लिम समुदायले घरघरमा नै नमाज पढिरहेका छन् ।

इद उल–फित्रको अन्तिम दिन सामूहिक पाठ, एकापसमा गला मिलेर शुभकामना आदानप्रदान गर्ने परम्परा रहे पनि कोरोनाका कारण अहिले विगतको जस्तो रमझम नभएको मुस्लिम अगुवा एवं सञ्चारकर्मी गोरा मियाँले जानकारी दिए । उनले भने, ‘कोरोनाका कारण अहिले चाडजस्तै लागेको छैन । तैपनि घरपरिवारमै रमाइलो गरी पर्व मनाउने तयारी गरेका छौँ ।’

विगतका वर्षहरुमा यो पर्वको अवसरमा दमौलीका मस्जिदमा करिब ८०० मुस्लिम समुदाय भेटघाट भएर रमाइलो गर्दथे । ‘मैले मेरो जीवनकालमा पहिलो पटक यस्तो अवस्था भोग्दैछु’, मियाँले भने ।

मस्जिदमा दैनिक पाँच पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०–२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रबार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : ४५ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल