थापाथली अस्पतालमा कोरोना संक्रमित महिलालाई सुत्केरी गराउन छुट्टै कक्ष स्थापना | Khabarhub Khabarhub

थापाथली अस्पतालमा कोरोना संक्रमित महिलालाई सुत्केरी गराउन छुट्टै कक्ष स्थापना


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथलिमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतम कोरोना संक्रमित महिलालाई सुत्केरी गराउने छुट्टै कक्ष व्यवस्थापन गरिएको बताएका छन् ।

डा गौतमले कोरोना संक्रमित गर्भवती महिलाको लागि अस्पतालले छुट्टै स्थानमा डेलीभरी लगाउने व्यवस्था मिलाएको जानकारी दिएका हुन् ।

डा गौतमले अस्पतालमा गर्भवतीको सामान्य र आकस्मिक डेलभरीको सेवा सुचारु रहेको पनि जानकारी दिए । उनले कोरोना संक्रमित महिलाको लागि पनि छुट्टै डेलीभरी गर्ने कक्षको व्यवस्थापन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पीपीईको पनि व्यवस्थापन गरिएको बताए । डा गौतमले घरमै रहेका गर्भवती र सुत्केरी महिलालाई आफ्नो केयरमा ध्यान दिन पनि आग्रह गरेका छन् ।

डा गौतमले गर्भवती महिला र सुत्केरीलाई दिएको टिप्स यस्तो छः
–गर्भवती महिलाले घरमा बस्दा स्यानिटाइजर प्रयोग गर्ने,
–हात साबुनपानीले राम्रोसँग धुने,
–भीडभाडमा नजाने,
– चिकित्सकले दिएका औषधिलाई नियमित प्रयोग गर्ने,
– ज्वरो आउने, शरीर सुन्निने, रक्तचाप बढ्ने तथा रक्तश्राब हुने समस्या भएमा मात्र अस्पतालमा जाने

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ५ : ५३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र