अरुको सहाराविना पाइला चाल्न नसक्ने बृद्धको असाधारण काम, कमाए ३१ लाख डलर | Khabarhub Khabarhub

अरुको सहाराविना पाइला चाल्न नसक्ने बृद्धको असाधारण काम, कमाए ३१ लाख डलर


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अरुको सहारा पाइला पनि चाल्न नकस्ने एक ९९ वर्षीय बृद्धले  अपत्यारिलो काम गर्दै लाखौं अमेरिकी डलर कमाएका छन् ।

९९ वर्षीय यी वृद्धले आगामी अप्रिल ३० को आफ्नो १००औँ जन्मदिन मनाउनका लागि एक हजार पाउन्ड उठाउने योजनाबमोजिम आफू बसेको घरको बगैँचाको एक सय फन्को मार्ने योजना बनाएका थिए ।

उनले २५ मिटरको उक्त बगौँचालाई गत विहिबार सय फन्को पनि मारे । तर उनले सय फन्को मारिसेकको कयौँ दिनसम्म पनि उनको सम्मानमा पैसा  वर्षिरहेको छ ।

अनपेक्षित रुपमा उनको यो प्रयास र साहसलाई देखेर मानिस यति भावुक भए कि चन्दा नदिईकन बस्नै सकेनन् ।

करिब सात लाख मानिसले उनको यो प्रयासमा साथ दिए र आइतबारसम्ममा करिब ३१ लाख अमेरिकी डलरबराबरको राशि सङ्कलन भएको छ ।

उनको यो साहसलाई प्रधानमन्त्री वोरिस जोन्सनमात्र होइन, राजकुमार ह्यारीलगायत उच्च पदाधिकारीहरूले खुलेर प्रशंसा गरेका छन् ।

उत्तरी बेलायतको योर्कसायरमा बस्दै आएका क्याप्टेन टम मुरले बगैँचालाई वाकरको सहायताले एक सय फन्को मारेर एक हजार पाउन्ड चन्दा सङ्कलन गरेको छन् ।

उक्त रकम उनल आफ्नो उपचारमा संलग्न बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका नर्सलगायत कर्मचारीलाई दिने बताएका छन् ।

सङ्कलन गरेको यो रकम राष्ट्रिय स्वास्थ्य सेवाका विभिन्न एक सय ५० वटा च्यारिटीमा हस्तान्तरण गरिने जनाइएको छ । मुर दोस्रो विश्वयुद्धका योर्कसायर रेजिमेन्टका क्याप्टेन हुन् । उनको छातीभरि विभूषण तथा पदक छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : २० बजे

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ?

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नवौँँ दिनमा प्रदर्शनरत