प्रेम र घुमफिरमा भुलिएको यस्तो जोडी जसले कोरोनाको महामारी भर्खर मात्रै थाहा पायो | Khabarhub Khabarhub

प्रेम र घुमफिरमा भुलिएको यस्तो जोडी जसले कोरोनाको महामारी भर्खर मात्रै थाहा पायो


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ४ महिनादेखि कोरोना भाइरसको महामारीले संसार नै आक्रान्त भइरहँदा यस्तो एउटा जोडी फेला परेको छ जसलाई लाखौं मानिस प्रभावित भएको कोरोना भाइरसको महामारीबारे भर्खरै थाहा भएको छ ।

प्रेम, रोमान्स र घुमफिरमा मस्त हुने बेलायतको म्यान्चेष्टरको यो जोडी कोरोना भाइरसको महामारी फैलिएपछि नै फेब्रअरी लागेपछि २५ दिने समुन्द्र यात्रा सकेर फर्किएपछि मात्रै यसबारे जानकार भएको हो ।

बेलायतको म्यानचेष्टरका रयान ओसबोर्न र उनकी पत्नी एलेना मनिगेट्टीले साथमा विश्व भ्रमण गर्ने योजना बनाएपछि विश्व यात्राका लागि पुग्नेजति पैसा जम्मा गरे ।

त्यसपछि उनीहरुले एउटा याट किने । उनीहरुले यही याटमा बसेर लामो समुद्री यात्रा गर्ने योजना बनाए र सुरु पनि गरे । उक्त यात्रा सुरु गर्नुअघि उनीहरुलाई घरपरिवार र आफन्तलाई कुनै पनि अशुभ समाचार नसुनाउँन भनेका थिए ।

डेलीमेलमा प्रकाशित समाचार अनुसार फेब्रुअरीको अन्तिम सप्ताहमा यो जोडीले क्यानरी आइल्याण्डबाट आफ्नो विश्व यात्रा सुरु गरे । क्यानरी आइल्याण्ड उत्तर पश्चिम अफ्रिकाको किनारामा एटलान्टिक महासागरमा छ ।

यहाँबाट आफ्नो यात्रा सुरु गरेका रयान र एलेनाले ब्राजिलको उत्तरी इलाकामा स्थित सेन्ट विन्सेट द्वीपलाई गन्तव्य बनाएर यात्रा अगाडि बढाए ।

२५ दिनमा ३ हजार माइल समुद्रमा यात्रा गरेपछि उनीहरु ब्राजिलको सेन्ट विन्सेट द्वीप पुगेपछि मात्रै यसबारे जानकार भएका हुन् । अर्थात फ्रेब्रअरी अन्तिमबाट यात्रा सुरु गरेका उनीहरुले मार्चको तेस्रो साता मात्र यसबारे जानकारी पाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ११ : २५ बजे

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको