बेलायतमा कोरोना भाइरसले थप तीन नेपालीको मृत्यु | Khabarhub Khabarhub

बेलायतमा कोरोना भाइरसले थप तीन नेपालीको मृत्यु


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप ३ नेपालीको मृत्यु भएको छ ।

बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारका क्रममा ३२ बर्षीया नेपाली युवतीको मृत्यु भएको छ ।

मिर्गौला सम्बन्धी रोगबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो । खोटाङको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी उनी पछिल्लो समय धरान १७ मा बस्दै आएकी थिइन् ।

कोरोना भाइरसकै संक्रमणले बेलायतको रेडिंगमा बस्दै आएका एक ६५ बर्षीय बृद्धको पनि मृत्यु भएको छ । झापाको खुदुनाबारी स्थायी घर भएका उनी सन् २००६ देखि बेलायतमा बस्दै आएका थिए ।

यस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय अर्का नेपालीको पनि मृत्यु भएको छ । उनको स्थायी घर भैरहवा भएको बताइएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : १० बजे

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि