नायिका नम्रता श्रेष्ठ ५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा, गरिन् यस्तो आग्रह | Khabarhub Khabarhub

नायिका नम्रता श्रेष्ठ ५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा, गरिन् यस्तो आग्रह


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले नेपालमा ‘लक डाउन’ गरेपछि कलाकारहरु सेल्फ क्वारेन्टाइनमा छन् । सेलिब्रेटीहरु धमाधम सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

नायिका नम्रता श्रेष्ठ ५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । उनले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न घरमै बस्नु सबैभन्दा उत्तम भएको बताएकी छिन् ।

‘मैले पनि ५ दिनदेखि घरमै बसेर आफ्नो ख्याल गरिरहेको छु, यो भाइरस जसलाई पनि हुनसक्छ, जसमा पनि हुनसक्छ,’ नम्रता भन्छिन्, ‘हामीबाट अरुमा सर्न सक्छ, अरुबाट हामीमा सर्छ, त्यसैले सबैले ख्याल गरौं ।’

नम्रताले सबैलाई जिम्मेवार बन्न र घरभित्रै रहन हार्दिक अपील गरेकी छिन् । उनले कोरोना भाइरसको संक्रमणबाट बच्न सबैलाई घरमा बस्न र आफ्नो ख्याल राख्न अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : २४ बजे

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित