१५ नेपाली साउदीमा अलपत्र, उद्दारको पहल गरिदिन आग्रह | Khabarhub Khabarhub

१५ नेपाली साउदीमा अलपत्र, उद्दारको पहल गरिदिन आग्रह


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदीमा अलपत्र परेका १५ जना नेपालीहरुले उद्दारको माग गरेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका उनीहरुले अवस्था निकै दयनीय बनेको भन्दै नेपाल सरकारसँग उद्दारका लागि पहल गर्न माग गरेका हुन् ।

‘हामी १५ जनामध्ये ३ जना एकै ठाउँमा छौं । अरु केही दूरीमा छन् ।’ अलपत्रमध्येका एक चिरञ्जीविकुमार चौबेले खबरहबसँग भने, ‘साउदीस्थित नेपाली दूतावसमा खबर गर्दा नेपाल सरकारबाट कुनै खबर नआएको बताउँछन् ।’

उनले आफूहरुसँग पैसा पनि नभए भोकभोकै बस्नुपर्ने अवस्था आएको समेत बताए ।

उनले भने, ‘हामी १५ दिनदेखि भोकै बसिरहेका छौं । सरकारले चाँडोभन्दा चाँडो उद्दारका लागि पहल  गरोस् भन्ने कामना छ ।’

नेपाल सरकारले उद्दार गरेर जहाँ राखेपनि नेपाली भूमिमा आफूहरु बस्न तयार रहेको उनले बताए । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले विदेशि भूमिबाट आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्र घर जान दिने बताएको छ ।

सरकारले विश्वव्यापीरुपमा फैलिएको कोराना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सम्पूर्ण हवाई उडान समेत ठप्प पारेको छ ।

साउदीमा अलपत्र नेपालीहरुको सूची

 

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ४३ बजे

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका