शीखहरुको धार्मिक भेलामा इस्लामिक अतिवादीको हमला, चारको मृत्यु | Khabarhub Khabarhub

शीखहरुको धार्मिक भेलामा इस्लामिक अतिवादीको हमला, चारको मृत्यु


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगास्तिानको काबुलमा शीखहरुको धार्मिक भेलामा इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आइसिस)ले हमला गरेको छ । बुधबार दिउँसो काबुल शहरको केन्द्रमा अवस्थित एक गुरुद्वारामा आइसिसबाट हमला भएको हो ।

आक्रमणबाट हालसम्म ४ जनाको मुत्यु भइसकेको छ । प्रहरीको प्रयासको बावजुद पनि आक्रमण जारी छ । अफगानिस्तानको आन्तिरक मामिला मन्त्रालयको अनुसार घटनामा स्थलमा तुरन्तै प्रहरी पठाइएको थियो । प्रहरीले आमक्रण रोक्ने कोशिस गरिरहेको भएपनि स्थिती अझै नियन्त्रणामा आएको छैन् ।

एक शीख सांसद नरिन्द्र सिंह खाल्सालाई गुरुद्वारा भित्रैबाट एक जना श्रद्धालुले फोन गरेर आक्रमणाको जानकारी दिएका थिए । सांसद खाल्साले जानकारी पाएलगतै प्रहरीलाई खबर गरेका थिए । गुरुद्धारा भित्र करीब १५० जना श्रद्धालुहरु छन् । उनीहरुलाई आत्माघाती हमलाबर तथा बन्दूकधारीहरुले घेरिरहेका छन् ।

इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आइसिस)ले उक्त हमलाको जिम्मा लिएको छ । यसै महिना उक्त समूहले ३२ जनाको ज्यान जाने गरी त्यहाँको अल्संख्यक मुस्लिम समुदाय सियामाथि आक्रमण गरेका थियो । अफगानिस्तानमा शीख समुदाय पनि अल्पसंख्यक छन् । अफगास्तिानमा इस्लामिक अतिवादीहरु अल्पसंख्यकमाथि समय समय गर्दैआएका छन् ।

यसरी विश्व नै कोरोनाको चपेटमा परेको बेला पाकिस्तान समर्थित आइसिसलगायतका आतंककारी संस्थाहरुले हमला जारी रहनु अमानवीय भएको भन्दै चौतर्फीहरु आलोचना भईरहेको छ । हाल कारोना विरुद्धको लडाईँमा सम्पूर्ण विश्व नै एकजुट भएको बेला पाकिस्तानले आतंकवादी संस्थाहरुलाई पुर्‍याइरहेको सहयोग तुरुन्तै रोक्नुपर्ने आवाज उठेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ३ : १४ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु