पाकिस्तानद्वारा सबै आन्तरिक हवाई उडान स्थगित | Khabarhub Khabarhub

पाकिस्तानद्वारा सबै आन्तरिक हवाई उडान स्थगित


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ ।

पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै रेलसेवा र अन्तर्राष्ट्रिय हवाई उडान रोकिसकेको छ ।

प्रारम्भमा, पाकिस्तानमा भेटिएका सबैजसो संक्रमित व्यक्तिहरु इरानबाट फर्किएका व्यक्तिहरु थिए ।

मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा बढी प्रभावित इरान भएको छ । यहाँ मंगलबार एकै दिन १२२ जनाको मृत्यु भएको थियो । हालसम्म इरानमा १ हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८०० भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ४७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर