‘लकडाउन’ को दोस्रो दिन पनि कञ्चनपुरमा नेपाल छिर्न खोज्नेको लर्को | Khabarhub Khabarhub

‘लकडाउन’ को दोस्रो दिन पनि कञ्चनपुरमा नेपाल छिर्न खोज्नेको लर्को

भारतको ‘लकडाउन’ ले पनि रोकिएनन् नेपाली


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  सीमा नाकामा अलपत्र परेका नेपालीलाई सरकारले मंगलबार अन्तिम पटकका लागि भन्दै नेपाल प्रवेश गर्न दिएको १२ घण्टा नबित्दै दक्षिणी सीमानाकामा आज पनि नेपालीहरुको लर्को लागेको छ ।

कोरोना भाइरस संक्रमणको त्रास बढेपछि भारतमा काम गरिरहेकाहरु धमाधम नेपाल फर्कन थालेका हुन् । तर नेपाल सरकारले मंगलबारदेखि देशभरी ‘लकडाउन’ गरेपछि उनीहरुलाई स्वदेश फर्कन गाह्रो परेको हो ।

भारतले समेत मंगलबार मध्यरातिदेखि २१ दिनका लागि ‘लकडाउन’ गर्दा पनि कञ्चनपुरको सीमानाका गड्डाचौंकीमा ४०/४२ जना नेपालीहरु भेला भइसकेका छन् ।

भारतमा ‘लकडाउन’ भएपछि सीमानाका शान्त हुने आकलनविपरित नेपालीहरु भारतको ‘लकडाउन’ लाई छिचोल्दै गड्काचौकी आइपुगेका हुन् । तर उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन ।

‘परिस्थिती अप्ठ्यारो छ, हामी माथिको आदेश पालना गर्ने र कुरेर बस्ने अवस्थामा मात्र छौं,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले भने,’मंगलबार अन्तिम पटकका लागि भनेर हामीले ५ सय १८ जना नेपालीलाई प्रवेश गर्न दिएका हौं, अब के गर्ने भन्ने अन्यौलता कायमै छ ।’

उपाध्यायका अनुसार यसअघि मंगलबार नेपाल प्रवेश गर्न दिइएका सुदुरपश्चिमका ९ वटै जिल्ला बाहेक अरु ५ वटा जिल्लाका नेपालीहरुलाई गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पठाइएको छ ।

‘हामीकहाँ उनिहरुलाई राख्ने क्वारेन्टाइन थिएन/छैन, प्रारम्भिक स्वास्थ्य जाँचपछि गाडीको व्यवस्था गरेर पठाएका छौं,’ उनले भने,’ क्वारेन्टाइनमा राख्ने देखि निगरानी गर्नसम्मको जिम्मा सम्बन्धित जिल्ला र स्थानीय तहलाई गर्ने गरी उनिहरुको पूरा विवरण दिइएको छ ।’

आइतबार नेपालमा पनि कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले मंगलबारदेखि एक सातासम्मका लागि ‘लकडाउन’ गरेको छ ।

‘लकडाउन’ भएसँगै मंगलबार विहान ६ बजेदेखि १८ गतेसम्म सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

यद्यपि मानिसहरु फट्टफुट्ट घरबाहिर निस्कने क्रम रोकिएको छैन । पहिलो दिन मानिसहरु नबुझी यात्रामा निस्किएको ठानेको प्रशासनले पक्राउ परेका ४ सय ५३ जनालाई सम्झाइ बुझाइ छाडेको थियो ।

तर आजदेखि भने यात्रामा निस्कनेलाई कडाई गर्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : २४ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै