बी डिभिजन लिग फुटबलः प्रवेशको गोलमा सातदाेबाटाे विजयी | Khabarhub Khabarhub

बी डिभिजन लिग फुटबलः प्रवेशको गोलमा सातदाेबाटाे विजयी


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले नयाँ बस्ती युवा क्लबमाथि जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा सातदोबाटोले नयाँबस्ती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

नयाँबस्तीलाई पराजित गर्न सातदोबाटोका प्रवेश बस्नेतले दुवै गोल गरेका हुन् । पहिलो हाफको खेल गोलरहित बराबरी भएपनि दोस्रो हाफमा नयाँ बस्तीले उत्कृष्ट प्रदर्शन गर्दा जीत हात पारेको हो ।

प्रवेशले खेलका ५९ औं र ८२ औं मिनेटमा गोल गरेका हुन् ।

पहिलो खेलमा जीत हात पारेको सातदोबाटोले ३ अंक जोडेको छ भने नयाँबस्तीले अंक जोड्न सकेको छैन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : ०२ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव