माधव वाग्लेको ‘पारस’ मा अनमोल हिरो, भुवन निर्माता | Khabarhub Khabarhub

माधव वाग्लेको ‘पारस’ मा अनमोल हिरो, भुवन निर्माता


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयदेखि चर्चामा रहेको फिल्म ‘पारस’ मा अनमोल केसीले अभिनय गर्ने भएका छन् । पहिले यो फिल्ममा निश्चल बस्नेतले पारस चरित्र निर्वाह गर्ने भनिएको थियो ।

फिल्मलाई ‘लूट’ निर्माता माधव वाग्लेले निर्देशन गर्दैछन् भने भुवन केसी निर्माण गर्नेछन् । आज (मंगलवार) माधव वाग्ले र भुवन केसीबीच फिल्म निर्माणको सम्झौता भएको हो ।

अनमोलको फिल्म ‘एन्टी हिरो’ भने अब केही समयपछि धकेलिएको छ । निर्माण टिमले स्किृप्ट पूरा नभएका कारण फिल्मको केही पछि काम थालिने जानकारी गरायो ।

फिल्ममा नयाँ नायिकालाई अनुबन्ध गरिने निर्माण टिमले जनाएको छ । फिल्मको छायांकन सम्भवतः वैशाखको दोस्रो साताबाट शुरु हुनेछ ।

निर्माण टिमले ‘ए मेरो हजुर ४’ को छायांकन सकिएपछि ‘पारस’ को छायांकन थालिने जनाएको छ । ‘ए मेरो हजुर ४’ मा  भने अनमोल र सुहाना थापाको जोडी रहनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : १५ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।