लामो समयपछि नियमित काममा फर्किइन् रोशनी शाही | Khabarhub Khabarhub

लामो समयपछि नियमित काममा फर्किइन् रोशनी शाही


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाकी पीडित भनिएकी महिला नियमित काममा फर्किएकी छन् ।

संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाही लामो समयपछि सोमबारदेखि नियमित काममा फर्किएकी हुन् ।

गत असोज १३ गते पूर्व सभामुख महरासँग ‘पारिवारिक सम्बन्ध’ रहेको बताउने शाहीमाथि महराले जबरजस्ती करणी प्रयास गरेको विषय सार्वजनिक भएको थियो ।

पछि पीडित भनिएकी रोशनीकै उजुरीका आधारमा प्रहरीले महराविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरेको थियो । सोही प्रकरणमा करिब ३० दिन प्रहरी हिरासत र १ सय ३ दिन पुर्पक्षका लागि थुनामा बसेका महरालाई जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको थियो ।

महरा निर्दोष ठहर भएसँगै प्रतिनिधिसभाको सदस्यका रुपमा उनीमाथि लागेको निलम्बन पनि फुकुवा भइसकेको छ । यद्यपि महरा भने संसद बैठकमा उपस्थित भएका छैनन् ।

महरा हाल आफ्नो निर्वाचन क्षेत्र दाङको भ्रमणमा छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १ : ०५ बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी