यी हुन जन्मिएको ४ मिनेटमै विश्वभर भाइरल हुने बच्ची | Khabarhub Khabarhub

यी हुन जन्मिएको ४ मिनेटमै विश्वभर भाइरल हुने बच्ची


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसहरु चर्चामा आउन वा भाइरल हुन के सम्म गर्दैनन् । तर अनेकौं प्रयास गर्दा पनि कतिपय अवस्था बाहेक मानिस भाइरल हुन सक्दैनन् ।

तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै यति भाइरल भइन् कि विश्वभर उनको चर्चा चुलिएको छ ।

यसरी जन्मिएको ४ मिनेटमा नै भाइरल हुने नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

दक्षिण अमेरीकी मुलुक ब्राजिलको रियो दी जेनेरियोमा एक बालिका जन्मनसाथ भाइरल बनेकी हुन् । यसरी भाइरल हुनुको पछाडि भने उनको अनुहारको भाव (फेसियल एक्सप्रेसन) हो ।

खासमा शिशु जन्म भएपछि चार मिनेटमा नै चिकित्सकले उनको नाभी काट्न खोजे । तर जन्मदा नरोएकी शिशुको नाभी काट्नुअघि उनलाई रुवाउन आवश्यक थियो ।

तर जसै चिकित्सकले उनलाई रुवाउन कोशिस गरे शिशुले एकाएक रिसाएको भाव देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण उल्लासमय बनेको थियो । नाभी काटेपछि भने उक्त नवजात शिशु (बालिका) रोएकी थिइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : ५३ बजे

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार