भारत गुगलको प्राथमिकतामा, एयरटेलसँग मिलेर क्लाउड सेवा दिँदै | Khabarhub Khabarhub

भारत गुगलको प्राथमिकतामा, एयरटेलसँग मिलेर क्लाउड सेवा दिँदै


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुगलको प्राथमिकतामा भारत समेत परेको छ । उसले भारतको तेस्रो ठूलो टेलिकम अपरेटर कम्पनी एयरटेलसँग मिलेर क्लाउड सेवा दिने भएको छ ।

अमेरिकन टेक जायन्टले भारतीय अपरेटर एयरटेलसँग सहकार्य गर्न लागेको हो । क्लाउड सेवा उपलब्ध गराउनका लागि सम्झौता समेत भइसकेको छ ।

सम्झौताअन्तर्गत एयरटेलले जी सुईट साना र मझौला साइजका बिजेनसहरुका लागि उपलब्ध गराउनेछ ।

भारतमा ३२ करोड ५० लाख सेवाग्राहीहरु रहेको एयरटेलले हाल करिब २ हजार ५०० ठूला व्यवसायहरुलाई क्लाउडको सेवा दिइरहेको छ ।

एयरटेलको सेवा लिने साना तथा मझौला व्यवसायको संख्या भने अधिक छ । ५ लाख साना तथा मझौला व्यवसायहरु तथा स्टार्टअपलाई सेवा दिईरहेको एयरटेलले जनाउँदै आएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ९ : ४४ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल