ए डिभिजन लिगमा आज आर्मी र एनआरटी तथा संकटा र फ्रेण्ड्स भिड्दै | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज आर्मी र एनआरटी तथा संकटा र फ्रेण्ड्स भिड्दै


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुदैछन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी प्रतिस्पर्धा गर्दैछन । दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन ।

लिगमा आर्मी ७ खेलमा १६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने एनआरटी ११ अंक सहित छैटौं स्थानमा रहेको छ । यस्तै संकटा लिगको ७ खेलमा ९ अंकसहित नवौं स्थानमा रहेको छ । फ्रेन्ड्स ८ अंक सहित १२ औं स्थानमा रहेको छ ।

आठौं चरणको खेल समाप्त हुन अघि आर्मी लिगमा शीर्ष स्थानमै कायम राख्ने दाउमा छ भने एनआरटी आर्मीलाई हराउँदै शीर्ष स्थानमा आफ्नो पनि होड कायमै राख्न चाहान्छ । खेल दशरथ रंगशालामा अपरान्ह १२ बजे सुरु हुनेछ ।

यस्तै संकटा र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुई/दुई खेलमा जित निकालेको संकटा र फ्रेन्ड्स तेस्रो जितको खोजीमा छन् । शनिबारको जितले संकटा शीर्ष ६ मा उक्लने छ भने फ्रेन्ड्स शीर्ष ८ भित्र रहनेछ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ३० बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।