जम्मु काश्‍मीरस्थित बारामुल्लामा दक्षिण एसियाकै पुरानो जलविद्युत उत्पादन केन्द्रको पुनर्निर्माण | Khabarhub Khabarhub

जम्मु काश्‍मीरस्थित बारामुल्लामा दक्षिण एसियाकै पुरानो जलविद्युत उत्पादन केन्द्रको पुनर्निर्माण


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर–जम्मु काश्मीर प्रशासनले दक्षिण एसियाकै सबभन्दा पुरानो जलविद्युत उत्पादन केन्द्र पुनर्निर्माणको कामलाई अघि बढाइने भएको छ ।

प्रशासनको यस निर्णयले बारामुल्लाका काश्‍मीरका जनता र विशेषगरी बारामुल्लाका नागरिकलाई हर्षित तुल्याएको छ ।

उत्तर कश्मीरको बारामुल्लाको बोनियारमा झेलम नदीको बाँया किनारमा सन १९०२ मा उक्त जलविद्युत उत्पादन केन्द्र निर्माण गरिएको थियो ।

सन् १९०५ मा जम्मु काश्मीरका तत्कालीन राजा महाराजा हरि सिंहले क्यानाडामा जन्मिएका ईन्जिनियर मेजर अलियनको सेवामा काम गरेका थिए ।

डी लिट्टबिनेर, महुरा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट अनौंठो र दुर्लभ सुविधाहरूसहित बनेको थियो । जसमा पानी कन्डक्टरको रूपमा ११ किलोमिटर लामो काठको फ्लोम राखिएको छ ।

सुरुमा पावर हाउसले ३ दशमलव ७६ मेगावाट बिजुली उत्पादन सुरु गरेको थियो ।

जलविद्युतको बाँधले बाढी आएपछि पावर हाउसमा ठूलो क्षति भएको थियो । सन् १९५९ मा पुरानो पावर हाउसलाई बाढीले  क्षति पुर्‍याएको थियो । यसको जिर्णोद्धारपछि सन् १९६२ मा ९ मेगावाट विद्युत उत्पादन हुने गरेको थियो ।

सन् १९९२ मा आएको बाढीले थप क्षति पुर्‍याएको थियो । त्यसपछिका सरकारहरुले यस ऐतिहासिक पावर हाउसलाई पनर्निर्माणमा ध्यान दिएको थिएन् ।

मोहरा जलविद्युत् आयोजनाको ऐतिहासिक विरासतको महत्त्वलाई ध्यानमा राख्दै जम्मू-काश्मीर राज्य विद्युत विकास निगमका प्रबन्ध निर्देशक शाह फैसलले सन् २०१७ मा कर्पोरेसनले १२० करोडको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गरिसकेका थिए ।

प्रधानमन्त्री विकास प्याकेज अन्तर्गत विरासत परियोजना पुनर्निर्माणको काम थालनी गरिएको हो ।

सरकारका प्रमुख सचिव रोहितकंसलको भर्खरको घोषणाले मोहरा जलविद्युत परियोजना मोहरामा १० दशमलव ५ मेगावाटको साना जलविद्युत आयोजनाको निर्माण गरेर पुनर्स्थापना गर्नेछन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ८ : १२ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार