कोरोना भाइरसको नयाँ स्वरूप देखिएपछि बेलायतमा थप प्रतिबन्ध | Khabarhub Khabarhub

कोरोना भाइरसको नयाँ स्वरूप देखिएपछि बेलायतमा थप प्रतिबन्ध


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप भेटिएको थप प्रतिबन्ध लगाइएको छ ।

बेलायत सरकारले कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् ।

यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ ।

यो दोस्रो लहरका कारण बेलायतमा केही हप्ता यता कडा खालका प्रतिबन्धहरु लगाएकोमा थप कडाइ गरिएको जनाइएको छ ।

बेलायतले थप कडाइ गरेसँगै आइतबार मात्र डच सरकारले पनि यात्रा प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ । बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुन सक्ने भएकोले प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले थप केही स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए । नयाँ प्रतिबन्धपछि कतिपय स्थानका नागरिकहरु घरबाट निस्किन  पाएका छैनन् ।

बुधबार नयाँ प्रतिबन्ध लगाइएका स्थानहरुमा पूर्वी बेलायतका विभिन्न सात स्थानहरु छन् । पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना विरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उनले बताए ।

यसैबीच नयाँ स्वरूपको कोरोना भाइरस देखिएपछि बेलायतबाट आउने तथा जाने हवाई उडानमा प्रतिबन्ध लगाइएको छ ।

बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका समाचार आएका छन् ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १२ : १९ बजे

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको