कुवेतमा कोरोनाविरूद्ध खोप सुरु हुदैँ | Khabarhub Khabarhub

कुवेतमा कोरोनाविरूद्ध खोप सुरु हुदैँ


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिसिला– कुवेतमा आज कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिँदैछ । फाइजर कम्पनीले निर्माण गरेको खोप आजदेखि लगाउन सुरु भएको कुवेतका स्वास्थ्य मन्त्री डा. बसेल अल सबाहले जानकारी दिए ।

स्वास्थ्य मन्त्री सबाहका अनुसार कुवेतको मिसिलास्थित एक्जिबिशन हलको हल नं-५ बाट कोरोनाविरूद्धको भ्याक्सिन खोप लगाउन शुरु हुने बताए । पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने छ।

१६ वर्षभन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन । एक वर्षभरी एक-एक महिनाको अवधिमा खोप ल्याइने र खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाने योजना रहेको स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

अहिलेसम्म कोरोन खोप लगाउन ७३ हजार भन्दाबढीले नाम दर्ता गराएका छन् । नेपालीसहित आप्रवासी श्रमिकले यो खोप लगाउन चाहे त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको लिंकमा गएर आफ्नो विवरण भरी नाम रजिस्टर गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १० : ०८ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको