कतारमा कोरोना खोप लगाउन सुरु | Khabarhub Khabarhub

कतारमा कोरोना खोप लगाउन सुरु

पहिलो खोप कतार युनिभर्सिटीका पूर्वनिर्देशक डा कुबैसीले लगाए



दोहा– कतारमा खोप लगाउन सुरु गरिएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप कतार युनिभर्सिटीका पूर्व निर्देशक ७९ वर्षीय डा. अब्दुल्लाह अल कुबैसीले अल वजबा स्वास्थ्य केन्द्रमा पुगेर खोप लगाएको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने हमाद मेडिकल कर्पोरेसनका सङ्क्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले बताए ।

पहिलो चरणमा ७० वर्ष वा माथि उमेरका सबै, कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू, मन्त्रालयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीहरुका लागि खोप उपलब्ध हुनेछ ।

यसैगरी १६ वर्ष वा माथि उमेरका गम्भीर र दीर्घकालीन रोगहरू भएका व्यक्तिहरू, र प्राथमिकता दीर्घकालीन रोगहरू भएका वृद्धहरूका लागि खोप उपलब्ध हुनेछ।

सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रमार्फत खोप दिने जनाएको छ । अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रबाट खोप लिन सकिनेछ ।

यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएसमार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचित गरिनेछ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप नि:शुल्क रुपमा उपलब्ध गराउने जनाएको छ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ९ : ०९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र