जसमायाँले स्वीकारिनन् केन्द्रीय सदस्य | Khabarhub Khabarhub

जसमायाँले स्वीकारिनन् केन्द्रीय सदस्य


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री समेत रहेकी झापाकी नेतृ जसमायाँ गजमेरले नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।

मंगलबार ओली पक्षले केन्द्रीय सदस्य थप गर्दा झापाका अन्य नेताहरुसँगै उनको पनि नाम समावेश भएको थियो ।

जनता महामारीले रोएका बेला आफूले पाएको केन्द्रीय सदस्यको पद स्वीकार्न नसकेको उनले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिएकी छन् ।

उनले लेखिकी छन्–‘विश्वास र भरोसाका साथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोई रहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिन ।’

खवरहवसँगको टेलिफोन कुराकानीमा उनले अझै पनि पार्टी एकता गर्न सकिने सम्भावना भएको र दुई समूहले अलग अलग केन्द्रीय कमिटी बनाएकाले आफू कतै पनि बस्न नचाहेको बताएकी छन् ।

उनले भनिन–‘म कुनै समुहमा पनि रहन्न, अझै पनि पार्टी एकता गर्न सकिने अवस्था छ । त्यसैले पार्टीलाई औपचारीक विभाजन हुन नदिन सवै कमरेडहरुलाई आग्रह पनि गर्दछु ।’

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ८ : ५४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर