नेपालमा पछिल्लो २४ घण्टामा थपिए २२२५ कोरोना संक्रमित, १३ को मृत्यु | Khabarhub Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २२२५ कोरोना संक्रमित, १३ को मृत्यु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४६०५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६०५ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ४ : २१ बजे

भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा  

काठमाडौं– दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ ।

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन

रूसी सेनामा कार्यरत भोजपुरका युवकले युद्धमा गुमाए ज्यान

रसियन सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सहभागी भोजपुरका एकजना युवकले

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश