चर्च भवन भँत्किदा २२ जनाको मृत्यु | Khabarhub Khabarhub

चर्च भवन भँत्किदा २२ जनाको मृत्यु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घाना– चर्च रहेको भवन भँत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कैयौँ घाइते समेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

भत्किएको भवन छ तले रहेको थियो । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो ।

खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ३ : ३५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार