उपत्यकामा कोरोनाले भयावह रुप लिने मेयर फोरमको निष्कर्ष | Khabarhub Khabarhub

उपत्यकामा कोरोनाले भयावह रुप लिने मेयर फोरमको निष्कर्ष


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यका मेयर फोरमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणले भयावह अवस्था आउन थालेको निष्कर्ष निकालेको छ । बढ्दो संक्रमण र सबै क्षेत्र खुला रहेकाले अवस्था भयावहतर्फ गइरहेको फोरमको निष्कर्ष छ ।

फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले अबको केही दिनमा अवस्था भयावह हुने देखिएकाले सबैजनाले सतर्कताले अप्नाउन आग्रह गरेका छन् । श्रेष्ठले भने, अवस्था झन् भयावह हुँदैछ । सबैजनाले सतर्कता अप्नाउनु पर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक्टिभ संक्रमितको संख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्न सरकारलाई सुझाव दिएको भोलिपल्ट फोरम सचिव श्रेष्ठले २५ हजार संख्या कुरेर बस्न नहुँने बताए । अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

सरकारले संख्या गनेर बस्नुभन्दा पनि सतर्कताका लागि आवश्यक पहल लिनुपर्नेमा उनको जोड छ । उनले भने, ‘संख्या गनेर बसेर हुँदैन । सरकारले थप सतर्कता अप्नाउनु पर्छ । दसैँको आसपास उपत्यकाको अवस्था भयावह हुने अवस्था छ ।’

पछिल्लो समय देशभर दैनिक हुने संक्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौँ उपत्यकाका रहेका छन् । फोरमले कोरोनाको अवस्थाका विषयमा छिट्टै छलफल गर्ने तयारी गरेको छ । बैठक बसेर नयाँ खालको निर्णय गर्नेगरी अनौपचारिक संवाद भएको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १० : २० बजे

महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ

महासंघ र पर्यटन मन्त्रीबीच भेट- पर्यटन क्षेत्रका छ समस्याबारे ध्यानाकर्षण

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान

‘पार्टी फुटाउन ठूलै खर्च गरेछन्, छाडेर गएकाहरू पछुताउने छन्’

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

निकुञ्जमा वन्यजन्तुका लागि कृत्रिम पोखरी

नवलपुर– लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि

अनमोलले कटाक्ष गरेपछि प्रदीपको जवाफ : ए हो र ?

काठमाडौं – ‘अहिले मेरा कुनै योजना छैनन् । अरु कलारकारको