उपत्यकामा कोरोनाले भयावह रुप लिने मेयर फोरमको निष्कर्ष | Khabarhub Khabarhub

उपत्यकामा कोरोनाले भयावह रुप लिने मेयर फोरमको निष्कर्ष


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यका मेयर फोरमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणले भयावह अवस्था आउन थालेको निष्कर्ष निकालेको छ । बढ्दो संक्रमण र सबै क्षेत्र खुला रहेकाले अवस्था भयावहतर्फ गइरहेको फोरमको निष्कर्ष छ ।

फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले अबको केही दिनमा अवस्था भयावह हुने देखिएकाले सबैजनाले सतर्कताले अप्नाउन आग्रह गरेका छन् । श्रेष्ठले भने, अवस्था झन् भयावह हुँदैछ । सबैजनाले सतर्कता अप्नाउनु पर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक्टिभ संक्रमितको संख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्न सरकारलाई सुझाव दिएको भोलिपल्ट फोरम सचिव श्रेष्ठले २५ हजार संख्या कुरेर बस्न नहुँने बताए । अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

सरकारले संख्या गनेर बस्नुभन्दा पनि सतर्कताका लागि आवश्यक पहल लिनुपर्नेमा उनको जोड छ । उनले भने, ‘संख्या गनेर बसेर हुँदैन । सरकारले थप सतर्कता अप्नाउनु पर्छ । दसैँको आसपास उपत्यकाको अवस्था भयावह हुने अवस्था छ ।’

पछिल्लो समय देशभर दैनिक हुने संक्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौँ उपत्यकाका रहेका छन् । फोरमले कोरोनाको अवस्थाका विषयमा छिट्टै छलफल गर्ने तयारी गरेको छ । बैठक बसेर नयाँ खालको निर्णय गर्नेगरी अनौपचारिक संवाद भएको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १० : २० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार