वीर अस्पतालले भन्यो – कैदी रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो | Khabarhub Khabarhub

वीर अस्पतालले भन्यो – कैदी रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकूलपति देवनारायण साहलेले कोभिड–१९ का कारण समयमा नै शवको व्यवस्थापन गर्न कठिन भएको बताए । सो दिन कारागार प्रशासनले राती १०ः५५ बजे ल्याउँदा नै उनको मृत्यु भएको पाइएको साहले बताए ।

मृतककी छोरीले अर्काे दिन बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा गरेकाले दिइएको उनले बताए । छोरीले बाबुको फोटो खिचेर हालेपछि त्यो भाइरल भएको थियो । उनले भने, “जेलले किन अस्पताल ल्याउन ढिलो गर्‍यो भन्ने जवाफ वीर अस्पतालले भन्न सक्दैन ।”

अस्पतालमा शव गृह नहुँदा त्यसको व्यवस्थापन हुन नसकेको उपकुलपति साहले बताए । समाान्य अवस्थामा अस्पतालले केही समय रहने शवलाई त्रिवि शिक्षण अस्पतालको शव गृहमा पठाउने गरेको थियो । कोभिड–१९ का कारण अहिले पठाउन सकिएको छैन ।

आर्थिक अभावका कारण अस्पतालले विभिन्न किसिमका समस्या झेल्न बाध्य भइरहेको उपकुलपति साहले बताए । पहिले अस्पतालको आन्तरिक स्रोतबाट नै प्रतिष्ठान र अस्पतालका कर्मचारीलाई तलब खुवाउने गरे पनि कोरोनाका कारण आन्तरिक स्रोत बन्द भएको छ ।

यसले गर्दा करारका कर्मचारीलाई तलब खुवाउन र दैनिक आवश्यक सामग्री खरिदमा समेत समस्या भएको उनको भनाइ छ । उनले भने, “समयमा तलब भत्ता दिन नसकेकाले हामी दैनिक कर्मचारी युनियनबाट घेरिइरहेका छौँ ।”

अस्पतालका स्वास्थ्यकर्मीमध्ये अहिले ६० जना सङ्क्रमित भएकाले आइसोलेसनमा छन् । अहिलेसम्म एक सय जना सङ्क्रमित भइसकेको उनले जानकारी दिए । देशको सबैभन्दा जेठो र सबैभन्दा बढी चाप भएको सो अस्पतालमा बिरामीको उपचारमा वेवास्ता गरेको भए यी स्वास्थ्यकर्मी सङ्क्रमित हुने अवस्था नआउने उनले बताए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले अहिलेसम्म जोखिम भत्ता लिएका छैनन् । उनले भने “हामीले अहिले केही दिनको मात्रै भत्ता दिनसक्ने अवस्था छ, तर उहाँहरु त्यो लिन मान्नुभएको छैन ।”

अस्पतालमा हुनुपर्ने जति सफाई नभएको उपकुलपति साहले स्वीकार गरे । अस्पतालको ढल सडक मुनिबाट लगिएको र एक घण्टा वर्षा हुँदा पनि भित्रै पानी आउने गरेको छ । यस विषयमा महानगरपालिकासँग पनि पटक पटक कुराकानी भएको उनले बताए ।

उनले भने, “महानगरले केही प्रयास गरे पनि पूर्णरुपमा व्यवस्थापन हुन सकेको छैन ।”

समिति सभापति जयपूरी घर्तीले अस्पतालमा अहिलेसम्म पनि शव गृह नहुनु गम्भिर विषय भएको बताए । स्रोतको कसरी ठीक तरीकाले व्यवस्थापन गर्ने भन्नेमा अस्पताल प्रशासनले ध्यान दिनुपर्ने उनको भनाइ थियो । समितिले स्वास्थ्यका बिषयमा नियमित छलफल गरिरहेको उनले जानकारी गराए ।

समितिलाई आज नै कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । उपसमितिले काठमाडौँ उपत्यकाका सरकारी र निजी अस्पताललगायत सरोकार राख्ने निकायका प्रतिनिधिसँग भेटेर र स्थलगत अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन तयार गरेको हो । उपसमितिले आगामी दिनमा उपत्यका बाहिरसमेत पुगेर त्यहाँको कोभिडको उपचारका अवस्थाका बारेमा अध्ययन गर्ने भएको छ ।

प्रतिबेदनमा कोभिड–१९ को पिसिआर रिपोर्ट तुरुन्त प्रदान गर्न देशभरका ल्याबलाई एकीकृतरुपमा समन्वय गर्नुपर्ने सुझाव दिइएको छ ।

जनशक्ति व्यवस्थापन गरी पिसीआर ल्याबलाई पूरा समय काम गर्ने र पिसीआर रिपोर्ट छिटोछरितो उपलब्ध गराउन पनि निर्देशन गरिएको छ ।

कोभिड आइसोलेसनका लागि स्विकृति दिँदा मापदण्डसहितको खानेकुराको ‘मेनु’ तयार गरी सम्झौता गर्न भनिएको छ । त्यस्तै, होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई पनि स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ७ : ४५ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन