नेपालमा कोरोनालाई जित्ने ७२.७ प्रतिशत | Khabarhub Khabarhub

नेपालमा कोरोनालाई जित्ने ७२.७ प्रतिशत


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वितेको २४ घण्टामा ४५७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ५० हजार ४११ पुगेको छ । यो ७२ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ हजार ४९७ मा कोरोना पोजेटिभ देखिएको थियो ।

अहिलेसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा अहिले १८ हजार ४३७ जनामा संक्रिय संक्रमण छ । उनीहरुमध्ये ९ हजार ८२३ जना होम आइसोलेसनमा छन् । ८ हजार ६१४ संस्थागत आइसोलेसनमा छन् ।

क्वारेन्टिनमा रहनेको संख्या ६ हजार ५६५ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ४ : ४३ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।