ओमानले १ अक्टोबरदेखि नेपालीसहित विदेशीलाई प्रवेश दिने | Khabarhub Khabarhub

ओमानले १ अक्टोबरदेखि नेपालीसहित विदेशीलाई प्रवेश दिने



दोहा – ओमानले १ अक्टोबर (असोज १५) देखि नेपालीसहित विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने भएको छ ।

ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २२ सेप्टेम्बरको निर्णय अनुसार आगामी १ अक्टोबर बाट लागु हुने गरी नेपाल लगायत विदेशबाट ओमान फर्किन सक्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ओमान फर्किन चाहने कामदारहरुले साबिकमा लिनुपर्ने परराष्ट्र मन्त्रालयबाट जारी हुने एप्रुभल लेटर लिनु पर्ने छैन ।

६ महिना (१८० दिन) भन्दा बढी अवधि ओमान बाहिर रहनेहरूको हकमा कम्पनीले फर्किन अनुमति दिएको कागजात ‘नो अब्जेक्शन लेटर’ लिएर मात्र ओमान प्रवेश गर्न पाइने दूतावासले जनाएको छ ।

ओमान सरकारको यो निर्णयसँगै अब विभिन्न समयमा विदामा नेपाल गएका तथा कोरोनाका कारण प्रतिबन्ध लगाएपछि रोकिएर बसेका नेपाली कामदारहरु ओमान फर्किन पाउने भएका छन् ।

अहिले ओमानबाट भिसा सकिएका र विभिन्न कारणले रोजगारी गुमाएका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किरहेका छन् ।

यो समाचार तयार पर्दासम्म ओमानबाट १ हजार ४ नेपाली स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : ३५ बजे

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ